प्याज महंगोमा बिक्री गरे कारबाही गर्ने चेतावनी

काठमाडौँ - वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मनोमानी मूल्य बढाएर प्याज बेचे कारबाही गर्ने चेतावनी दिएको छ ।

व्यवसायीहरूले प्याजको मूल्य दोब्बर बढाएपछि वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति नै जारी गरेर कानुनले तोकिदिएको दायित्व पूरा नगर्ने व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो ।

आर्थिक वर्ष ०८०/८१ को बजेटमार्फत प्याजमा भ्याट लगाएपछि व्यवसायीहरुले प्याजमा अचाक्ली मूल्यवृद्धि गरेका छन् । मूल्यवृद्धिको चौतर्फी विरोध भइरहेको छ । विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘वस्तुको स्वाभाविक मूल्यभन्दा उच्च मूल्य कायम गरेर बिक्री गर्ने कार्य उपभोक्ता संरक्षण ऐन ०७५ अनुसार दण्डनीय अपराध हो ।