काठमाडौं । स्कटल्यान्डमा जारी टी–२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको छ ।सोमबार नेदरल्याण्ड्ससँग पहिलो र दोस्रो सुपर ओभरमा बराबरी खेलेको नेपालले तेस्रो सुभर ओभरमा नेपालले रन बनाउन सकेन् ।पहिलो सुपरमा ओभरमा दुवै टोलीले समान १९ र दोस्रो सुपर ओभरमा समान १७ रन बनाएका थिए । त्यसअघि नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पनि सात विकेट गुमाएर १५२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ३४ बलमा ४८ रन बनाए । यस्तै, ओपनर कुशल भुर्तेलले ३४ रन बनाए । यही खेलबाट डेब्यू गरेका किरण ठगुन्नाले १५ रन बनाउँदा रुपेश सिंहले पनि १९ रनको योगदान दिए ।करण केसी ८ रनमा आउट हुँदा लोकश वम शुन्य रनमा नै पेभेलियन फर्किए । यस्तै दीपेन्द्र सिंह ऐरीले ३, अनिल शाहले एक रन बनाए ।नेदरल्याण्डका डेनियल डोरमले उत्कृष्ट बलिङ गरे । चार ओभर बलिङ गरेका उनले १४ रन दिएर महत्वपूर्ण तीन विकेट लिए ।त्यसअघि स्कटल्यान्डको टिटउट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५२ रनको योगफल बनाएको हो ।नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ३७ बलमा एक छक्का प्रहार गदै ३५ रन बनाए । त्यसैगरी विक्रमजित सिंहले ३० रन बनाए । उनले २९ बलमा दुई छक्का प्रहार गरे । सकिब जुल्फिकरले २५, माइकल लेभिट २० तथा म्याक्स ओ डाउडले १९ रन जोडे ।नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन यादवले दुई तथा कुशल भुर्तेल र ललित राजवंशीले समान एक एक विकेट हात पारे । अलराउन्डर रुपेश सिंह र ब्याटर किरण ठगुन्नाले आज नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेका छन् ।
प्रतिक्रिया