काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर आइतबार धरौटीमा रिहा भएका केशव तुलाधर पुन: पक्राउ परेका छन् ।
काठमाडौं जिल्ला अदालतले उनलाई आइतबार १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । आदेशसँगै धरौटी बुझाएर रिहा भएका उनी एकै छिनमा पक्राउ परेका हुन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अर्को प्रकरण बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ गरेको हो ।