काठमाडौं । शनिबार काठमाडौंको न्यूनतम तापक्रम घटेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४।३ डिग्री सेल्सियस मापन भएको छ । शुक्रबार बिहानको तापक्रम ६।४ डिग्री सेल्सियस मापन भएको थियो । गत शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५।७ डिग्री सेल्सियस थियो । त्यसपछि आइतबार र सोमबार ५ डिग्री सेल्सियस , मंगलबार ४।८, बुधबार ४।३, बिहीबार ४।६ र शुक्रबार ४।६ डिग्री सेल्सियस मापन भएको थियो । आज ९शनिबार० दिउँसो काठमाडौंको मौसम मुख्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने आँकलन छ ।
प्रतिक्रिया