images

ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र समाजवादतर्फ प्रेरित गरोस् स् झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले ‘ग्याल्पो ल्होसार’को अवसरमा सम्पूर्ण शेर्पा समुदाय तथा नेपाली दाजुभाइ–दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।बुधबार शुभकामना सन्देश जारी गर्दै खनालले पूर्वी हिमाली क्षेत्रसहित देशका विभिन्न भू–भागमा बसोबास गर्ने शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने ग्याल्पो ल्होसारलाई मौलिक र परम्परागत पर्वको रूपमा उल्लेख गरेका छन् । उनले यो पर्वले शेर्पा समुदायको सांस्कृतिक पहिचान र ऐतिहासिक परम्परालाई जगेर्ना गर्ने महत्त्वपूर्ण भूमिका खेलेको बताए ।‘ग्याल्पो ल्होसार शेर्पा समुदायमा विविध सांस्कृतिक कार्यक्रमसहित हर्षोल्लासका साथ मनाइन्छ । यस अवसरमा मान्यजनहरूबाट आशीर्वाद ग्रहण गर्ने, परिवार र आफन्तजनको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्ने परम्परा रहिआएको छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।खनालले यस पर्वले आपसी सद्भाव, सहिष्णुता, सहकार्य, भ्रातृत्व र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । साथै उनले ग्याल्पो ल्होसारले सबै नेपालीलाई समाजवादको मार्गतर्फ अग्रसर हुन प्रेरणा दिने अपेक्षा व्यक्त गरेका छन् ।

बुधबार ६ फागुन २०८२ ०१:२१ PM मा प्रकाशित

प्रतिक्रिया