टोकियो — जापानको संसदीय मतद्वारा सानाए ताकाइचीलाई देशको १०५ औँ प्रधानमन्त्रीका रूपमा पुन: निर्वाचित गरिएको छ । उनले हालै सम्पन्न संसदको विशेष अधिवेशनमा आवश्यक भोट बहुमत पाउँदै पुनः प्रधानमन्त्री पदमा चयन भएकी हुन् निर्वाचित भएपछि उनले आजनै आफ्नो दोस्रो मन्त्रिपरिषद् गठन गर्ने कार्यक्रमअनुसार अघिल्लो मन्त्रिपरिषद्का सबै मन्त्रीहरूलाई पुनः नियुक्त गरेकी छन्। बिहान आयोजित असाधारण मन्त्रिपरिषद् बैठकमा सबै मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए, जसपश्चात् नयाँ मन्त्रिपरिषद् गठन प्रक्रिया अघि बढाइएको हो। नयाँ सरकार लिबरल डेमोक्रेटिक पार्टी र जापान इनोभेसन पार्टीबीचको गठबन्धनमा बन्नेछ। यसलाई दोस्रो ताकाइची मन्त्रिपरिषद् मानिएको छ।