images

सभापति लामिछानेले रास्वपाको आज अभिमुखीकरणमा सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदका लागि आयोजना गरेको अभिमुखीकरणमा आज सम्बोधन गर्ने भएका छन् ।ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने भएका हुन् ।मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका थिए ।अभिमुखीकरणको पहिलो दिन सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी भएका थिएनन् ।उपसभापति अर्यालले शुभकामना मन्तव्य राख्ने क्रममा सम्भव भएसम्म दुवै नेता बुधबारको कार्यक्रममा सहभागी हुने जानकारी दिए ।

बुधबार ४ चैत २०८२ १२:२७ PM मा प्रकाशित

प्रतिक्रिया