काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिका–२ मा हेलिकोप्टर दुर्घटना भएको छ । बेलायतबाट काठमाडौं ल्याइएको शव बोकेर खोटाङ पुगेको एयर याइनेष्टिको नाइन एन– एएफक्यु हेलिकोप्टर अवतरणका क्रममा बिहान ११ः५१ बजे दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले जानकारी दिइन् ।उनका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । तर, हेलिकोप्टरमा पाइलट सहित सहित ५ जना सवार थिए । एकजना यात्रुको खुट्टामा चोट लागेको छ । घाइतेलाई तत्काल उद्धार गरी नजिकको स्वास्थ्य संस्थामा लगिएको र उनको अवस्था सामान्य रहेको बताइएको छ ।दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ । उद्धार कार्यकालागि काठमाडौंबाट अर्को एउटा हेलिकोप्टर पठाइएको जानकारी दिइएको छ ।
प्रतिक्रिया