कांग्रेस सभापति देउवाका छोरा जयवीर किन आए चर्चामा ? शिवानाबीच औंठी साटासाट !

काठमाडौँ - कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह अहिले एकाएक चर्चामा छन् । इन्स्टाग्राममा उनी र एक युवती औंठी साटेर रोमान्टिक मुडमा बसिरहेको तस्वीर सार्वजनिक भएसँगै चर्चा उछालिएको हो ।

कभर सिंगर शिवाना श्रेष्ठ र जयवीरसिंहले औंठी साटेको तस्वीर शिवानीकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत सार्वजनिक गरेकी छन् । उनले लेखेकी छन्, ‘खुसी, विश्वासै गर्न सकिरहेको छैन ‘।’