काठमाडौँ - जेठ १७ गतेपछि इजलासमै नबसेका प्रधानन्यायाधीश हरिकृष्ण कार्की आइतबार इजलासमा बसेका छन् । प्रधानन्यायाधीशको प्रक्रिया सुरु भएलगत्तै इजलास छाडेका कार्कीले प्रधानन्यायाधीशको सपथ खाएलगत्तै इजलासमा बसेका हुन् ।
पछिल्लो पटक जेठ १७ गते न्यायाधीश सुष्मालता माथेमासँग बेञ्चमा बसेका कार्कीको त्यसपछि इजलास गठन गरिएको थिएन । संसदीय सुनुवाइ समितिले उजुरी आव्हान गरेलगत्तै इजलास छाडेका कार्कीको नाम शुक्रबार मात्रै संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका रुपमा अनुमोदन गरेको थियो । कार्कीले शुक्रबार नै राष्ट्रपतिबाट सपथ लिई पदभार ग्रहण गरेका थिए ।