images

अर्को विद्रोह निम्ताउनेरी काम हुँदैन् ः मन्त्री अर्याल

काठमाडौं । गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम थप गर्न नपाइने व्यवस्थामा संशोधन गर्नुपर्ने बताएका छन् । बिहीबार भएको निर्वाचन आयोगसँगको छलफलमा उनले अध्यादेश ल्याएर मतदाता नामावलीमा नाम थप गर्न नपाइने व्यवस्थामा संशोधन गर्नुपर्ने धारणा राखे । उनले भने,‘अब निर्वाचन मिति घोषणा भइसकेको छ । मतदाता नामावलीमा नाम थप गर्न नपाइने भन्ने व्यवस्था छ । त्यसलाई अध्यादेश ल्याएरसंशोधन गर्नुपर्ने हुन्छ । दल दर्तामा पनि कहीं समस्या छ कि खोजि गरौं भनेर भनेका थियौं । समस्या छैन भन्ने कुरा आएको छ ।’त्यस्तै उनले नयाँ दलहरुको दर्ताको हकमा कुन समयभित्र दल दर्ता गरिसक्नुपर्ने होत्यसको सूचना बैलैमा दिनुपर्ने धारणा राखे । यस्ता कुराले अर्को विद्रोह जन्माउन सक्ने बताउँदै उनले निर्वाचन विथोल्ने कुनै त्यस्तो किसिमको कारणहरु बन्न नसक्नेगरी काम गर्न निर्देशन दिए । ‘नयाँ दलहरुको दर्ताको हकमा पनि अब निर्वाचनको कार्यक्रमहरुमा उहाँहरुलाई समावेश गर्नुपर्छ । त्यसैले बेलैमा समयभित्र दल दर्ता गरिसक्नुपर्छ भने सूचना दिनुपर्छ । ऐनमा उल्लेख गर्नुपर्ने अवस्था छ भने अध्यादेशबाट संशोधन गरौं । किनकी यस्ता कुराले अर्को विद्रोह जन्माउन सक्छ । निर्वाचन विथोल्ने कुनै त्यस्तो किसिमको कारणहरु बन्न नसकोस् ।’
 

बिहीबार २ असोज २०८२ ०३:५० PM मा प्रकाशित

प्रतिक्रिया