काठमाडौं उपत्यकाका ७ सहित दर्जन बढी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयअन्तर्गतका दर्जन बढी क्याम्पसहरुमा स्ववियु निर्वाचन स्थगित भएको छ । काठमाडौं उपत्यकाका ७ तथा उपत्यका बाहिरका दर्जन बढी क्याम्पसहरुमा स्ववियु निर्वाचन स्थगित भएको हो । 

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय निर्देशक पशुपति अधिकारीका अनुसार उपत्यका भित्रका रत्न राज्यलक्ष्मी आरआर क्याम्पस, त्रिचन्द्र क्याम्पस, नेपाल कमर्स क्याम्पस, आयुर्वेदिक क्याम्पस कीर्तिपुर लगायतका ७ वटा क्याम्पसमा निर्वाचन स्थगित छ । उपत्यका बाहिरका पृथ्वी नारायाण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज लगायतका १३ वटा क्याम्पसमा निर्वाचन स्थगित भएको अधिकारीले जानकारी दिए ।