बाजुरामा झडप भएपछि हवाई फायर

बाजुरा-  बाजुरामा विद्यार्थी संगठनहरुबीच झडप भएको छ। स्ववियु निर्वाचनको मतदान चलिरहँदा नेकपा एमालेनिकट अनेरास्ववियु र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र निकट वाम(लोकतान्त्रिक गठबन्धनका विद्यार्थीहरूबीच झडप भएको हो ।
मतदानको क्रममा विद्यार्थी संगठनका नेताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए । उनका अनुसार प्रहरीले भिड नियन्त्रण गर्न लागि अश्रुग्याँस र हवाई फायरसमेत गरेको छ । एकजना विद्यार्थीलाई पक्राउ गरिएको छ ।

मतदान सुरु भएलगत्तै विवाद भएकोमा समस्या हल गरेर मतदान सुचारु गरिएको तर, झडप भएपछि अहिले मतदान रोकिएको प्रहरी प्रमुख बोहराले बताए । 

त्रिभुवन विश्वविद्यालय अन्तरगत पर्ने बूढीनन्दा क्याम्पसमा तीन दलीय भातृ सङ्गठन नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु एस उम्मेदवार र एमाले निकट अनेरास्ववियुका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । क्याम्पसका ४१२ जना मतदाता रहेका छन् ।