क्योतो, जापान । क्योतोमा रहेका नेपाली युवाहरूको संस्था फ्रैण्ड यूनाइटेड क्लब क्योतोको आयोजनामा आगामी मे महिनामा स्माइल्स कप(क्योतो २०२६ु फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
प्रतियोगिता आगामी सन् २०२६, मे ९ तारिख शनिबारका दिन क्योटोको मिनामीस्थित ुफुटसल स्क्वायर क्योटोमा सञ्चालन हुनेछ। खेलकुदको माध्यमबाट प्रवासमा रहेका नेपालीहरूबीच भाइचारा र एकता अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
नगद पुरस्कार र प्रवेश शुल्क प्रतियोगिताको उपाधि विजेता टोलीले २ लाख २२ हजार येन नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले १ लाख ११ हजार येनमा चित्त बुझाउनुपर्नेछ। प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि प्रवेश शुल्क ३० हजार येन तोकिएको छ।
प्रतिक्रिया