आजबाट बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने

काठमाडौँ - बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आजवाट खुवाउन सुरु गरिँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ।

यसैगरि, १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि आजवाट नै खुवाइने मन्त्रालयले जनाएको छ। भिटामिन ए र जुकाको औषधि भोलिसम्म खुवाइनेछ।