नेपालमा ३८६ जना संक्रिय संक्रमित : सात आईसीयू र तीन भेन्टिलेटरमा, आज कति संक्रमित थपिए ? 

काठमाडौँ - उपत्यकामा २१ जना कोरोना संक्रमित संस्थागत आइसोलेसनमा उपचारत छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ३८६ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये २१ जना आइसोलेसमा उपचाररत रहेका छन् ।संस्थागत आइसोलसनमा भर्ना भएका मध्ये सात जना आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन् । 

 मन्त्रालयका अनुसार २४ घण्टामा  २४ सय ५० को कोरोना परीक्षण गर्दा  एक सय आठ  जना संक्रमित थपिएका छन् । सोही समयमा  ६६ जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।