images

आईपीएलमा दिल्लीविरुद्ध गुजरातको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटानले दिल्ली क्यापिटललाई १० विकेटले हराएको छ ।आइतबार भएको खेलमा सुरुमा ब्याटिङ गरेको दिल्लीले दिएको २०० रनको लक्ष्य पछ्याएको गुजरातले विना विकेटको क्षति १९ ओभरमा २०५ रन जोडेको हो । साइ सुदर्शनले अविजित रहँदै ६१ बलमा १०८ रन बनाउँदा कप्तान शुभमन गिलले ५३ बलमा ९३ रन जोडे ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ३ विकेटको क्षतिमा १९९ रन जोडेको थियो । दिल्लीका लागि  ६५ बलको सामना गरेका उनले १४ चौका र चार छक्का प्रहार गरे । अभिषेक पोरेलले ३०, अक्षर पटेलले २५ तथाट्रिस्टियन स्टब्सले अविजित रहँदै १० बलमा २१ रन जोडेका थिए । लोकेश राहुलले अविजित रहँदै ११२ न जोडे । यो खेलको समाप्तिसँगै शीर्ष स्थानको गुजरात, दोस्रो स्थानको बंगलोरु र तेस्रो स्थानको पन्जाब आईपीएलको प्ले अफमा प्रवेश गरेका छन् ।
 

सोमबार ६ जेठ २०८२ ०८:४० AM मा प्रकाशित

प्रतिक्रिया