मिटरब्याजी तथा लघुवित्त पीडितको कथा समेटिएको गीत ‘मुटु रेटिन्छ’ कस्तो छ ? 

काठमाडौँ - मिटरब्याजी तथा लघुवित्त पीडितको कथा समेटिएको गीत ‘मुटु रेटिन्छ’ बजारमा आएको छ । कावासोतीका कृष्ण गैरेले वर्तमान परिस्थिती अनुसारको गीत ‘मुटु रेटिन्छ’ बजारमा ल्याएका हुन् ।

उनको आफ्नै युट्युब च्यानल ‘विहानी क्रियसन च्यानल’ मार्फत गीत बजारमा आएको हो । १ दर्जनभन्दा बढी नेपाली लोक गीतमा स्वर दिइसकेका गैरेको पछिल्लो गीतमा मिटरब्याजी साहु, लघुवित्त तथा सहकारीको चर्को ब्याजका कारण घरखेत गुमाउन पुगेका र आत्महत्यासम्म गर्न भएकाहरुको कथा समेटिएको छ ।

 

https://youtu.be/3PFz4e7fLjs