images

महिला एसिया कप ः नेपाल र यूएईबीच प्रतिस्पर्धा 

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । आज पहिलो दिन शुक्रबार समूह ‘ए’का दुई खेल हुँदैछन् । 
प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईबीच प्रतिस्पर्धा हुनेछ । यो खेल डम्बुला मैदानमा नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ ।
आजै हुने दोस्रो खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन्। यो खेल सोही मैदानमा साँझ ७ः१५ बजे सुरु हुनेछ ।
साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा नेपाल गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपबाट छनोट भएको हो । 
प्रतियोगितामा आठ टोलीको सहभागी छन् ।  दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । 
 

शुक्रबार​ ४ साउन २०८१ ०३:५७ PM मा प्रकाशित

प्रतिक्रिया