images

तिज विशेष कार्यक्रम सम्पन्न, सल्लाहकार श्रेष्ठ सम्मानित

हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको अवसरमा दोलखा समाज जापान क्षेत्रीय समिति खान्साईको आयोजनामा तिज विशेस शुभकामना आदानप्रदान एवम् दर खाने कार्यक्रम मिति २०८० साल भाद्र ३१ (2023 सेप्टेम्बर 17) का दिन ओसाका सिन्साइबासीमा रहेको स्नो लाइन रेस्टुरेन्टमा सम्पन्न भएको छ ।

दोलखा समाज खान्साईका अध्यक्ष अन्जान कुमार बस्नेत को सभापतित्वमा सम्पन्न कार्यक्रममा गैर आवासिय नेपाली सङ्घ (खान्साइ)का अध्यक्ष हरि प्रसाद कडेलको प्रमुख आतिथ्यता, दोलखा जिल्ला सहकारी सङ्घका अध्यक्ष हेमन्त कुमार चौलागाईको विशेष आतिथ्यता, बिहुँकोट समाज कान्साई का लक्ष्मण न्यौपाने, दोलखा समाज जापानका केन्द्रीय सल्लाहकार रामचन्द्र गिरि, प्रदिप खड्का, लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा गैर आवासिय नेपाली सङ्घ(NRNA) खान्साईको नवौ अधिबेशनवाट सह-सचिव पदमा निर्वाचित हुनुभएकोमा दोलखा समाज जापान खान्साई क्षेत्रीय कार्यसमिति सल्लाहकार एवम् समाजसेवि निर्मल श्रेष्ठ लाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ! कार्यक्रमका विशेष अतिथि नेपालबाट सहकारी अध्ययन भ्रमणका क्रममा जापान आउनुभएका जिल्ला सहकारी सङ्घ लि. दोलखाका अध्यक्ष एवम् सहकारि अभियन्ता हेमन्त कुमार चौलागाईलाई खान्साइमा रहेका दोलखालीमाझ स्वागत सम्मान गरिएको सचिव भिमसेन सुवेदीले जानकारी दिनु भयो |

मङ्गलबार २ असोज २०८० ०३:५८ PM मा प्रकाशित

प्रतिक्रिया