images

युइएफए नेसन्स लिगमा सानमारिनोको नयाँइतिहास

काठमाडौ ं। अन्तर्राष्ट्रियफुटबलमा सबैभन्दाकमजोर मानिएको टोली सानमारिनोले युइएफए नेसन्स लिगमानयाँइतिहास बनाएको छ । सोमबार भएको खेलमा ऐतिहासिकप्रदर्शन गर्दै लिकटेन्स्टाइनलाई ३–१ ले पराजित गरेपछि नेशन्स लिगको (लिग सी) मा प्रवेश गरेको छ । यो सानमारिनोको दोस्रो प्रतिस्पर्धात्मकजितहो । सानमारिनो १ गोलले पछि परेको अवस्थामापुनरागमनगर्दै ऐतिहासिक सफलताहासिलग¥यो । भाडुजस्थित राइनपार्क स्टेडियममापहिलो हाफमा १–० ले पछि परेको अवस्थामा दोस्रो हाफमालोरेंजो लाजारी, अलेस्सान्ड्रो गोलिनुचिको गोल र निकोलानानीको पेनाल्टीको मद्दतले सानमारिनोले अप्रत्याशितजितदर्ता गरेको हो । खेलको ४० औंमिनेटमा एरेन  सेलेले गोल गर्दै लिकटेन्स्टाइनलाई पहिलो हाफमाअग्रतादिलाएकाथिए । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै सानमारिनोले बराबरी गोल गरेको थियो । लोरेंजो लाजारीले बराबरी गोल गरेका थिए । त्यसपछि ६६ औं  र ७६ औं मिनेटमाअलेस्सान्ड्रो गोलिनुचिको गोल र निकोलानानीले पेनाल्टीमागोल गरेपछि खेल सानमारिनोको पक्षमागयो । रेफ्रीले फाइनलह्वीसल गरेपछि सानमारिनोका खेलाडीहरू मैदानमा खुसीयालीमनाउन दौडिएकाथिए । सानमारिनोले यसअघि सेप्टेम्बरमा लिकटेन्स्टाइनविरुद्धआफ्नो पहिलो प्रतिस्पर्धात्मकजितहासिल गरेको थियो । यो नतिजासँगै समूहडी–१ को शीर्ष स्थानमा रहँदै लिग सी मा सानमारिनो उक्लिएको हो । 
 

मङ्गलबार ४ मंसिर २०८१ ०८:४५ AM मा प्रकाशित

प्रतिक्रिया