images

बाजुराको अनाई खोलामा निर्माणाधीन पक्की पुलको ९० प्रतिशत भौतिक प्रगति

बाजुरा । बाजुराको मार्तडी– कोल्टी सडकखण्डको बडीमालिका नगरपालिका ८ र ७ को बिचमा पर्ने अनाई खोलामा निर्माणधीन पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।ठेक्का सम्झौता भएको दुई बर्ष भित्र उक्त पक्की पुलको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको हो। गत असार मसान्तसम्म पुलको निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्य राखिए पनि बर्षातको समयमा सामान ढुवानीमा समस्या हुँदा काममा ढिलासुस्ती भएको हो।२०८० मंसिर २९ गते ठेक्का सम्झौता भएको उक्त पुलको निमार्ण कार्य अहिले करिब ९० प्रतिशत पूरा भएको छ । ५ करोड ३४ लाख १० हजार ९१८ रुपैँया लागतमा आईएस पावर अफ जेभी निर्माण कम्पनीले २०८० मंसिर २९ गते पुल निमार्णको ठेक्का सम्झौता गरेको थियो ।

शुक्रबार​ ४ पुस २०८२ १०:३१ AM मा प्रकाशित

प्रतिक्रिया