images

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि

सुर्खेत । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ ।आजदेखिहुनेअधिवेशनकोसम्पूर्णतयारीपूराभएकोप्रदेशसभासचिवालयलेजनाएकोछ । गत पुस १९ गते कर्णाली प्रदेशको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेपछि पुस २१ गते प्रदेश प्रमुखको कार्यालयले माघ ७ गते दिउँसो १ बजेदेखि प्रदेश सभा बैठक बस्ने सूचना जारी गरेको थियो । यस पटकको अधिवेशनका लागि प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता भइसकेका छन् ।प्रदेशसभासचिवालयकाअनुसारदर्ताभएकाविधेयकमाकर्णालीप्रदेशलोकमार्गसम्बन्धमाव्यवस्थागर्नबनेकोविधेयक, कर्णाली प्रदेश निजामती सेवा ९पहिलो संशोधन० विधेयक, २०८१ र कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ रहेका छन् ।
 

सोमबार ७ माघ २०८१ ०८:५७ AM मा प्रकाशित

प्रतिक्रिया