काठमाडौं । संविधानसभा सदस्य एवं नेकपा ९एकीकृत समाजवादी०का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । यही फागुन ४ गते उनी उपचारार्थ उक्त अस्पतालमा भर्ना भएका थिए । उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेयबाट पीडित थिए । यसैगरी केन्द्रीय कमिटीको आज बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ । पार्टी पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह इन्चार्ज सापकोटाको निधन भएकाले बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको छ ।
प्रतिक्रिया