नेपालमा थप १०३ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

 


काठमाडौँ  - देशभर थप १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय ४५ जनाको नमूना परीक्षण गरिएको थियो ।

४ सय ५६ जनाको पीसीआर र १ हजार १ सय ८९ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । 

उक्त परीक्षणमा १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ६१ जना संक्रमणमुक्त भएका छन् । हाल ३ सय ९७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।