images

सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला

काठमाडौं । अमेरिकामा जारी नेपाल र अमेरिकाबीचको तीन खेलको टी–२०आई श्रृंखलाको खोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा पराजितगर्दै नेपालले एक खेल अगावै श्रृंखलाजितेको छ । निर्धारित २० ओभरको रोमाञ्चकखेलमा समान १ सय७० रन भएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा सोमपालकामीले अमेरिकाकादुई ब्याटरलाइ आउट गर्दा केवल ३ रनको लक्ष्यपाएको थियो । उक्तलक्ष्यनेपालले सहज रुपमा ४ बलमै लक्ष्य पुरा गर्दै सिरिजमा २–० को अग्रताबनाएर अन्तिम खेल अघि जित्न सफलभयो । अब नेपालले अन्तिम खेलमाभोलीप्रतिस्पर्धा गर्ने छ । यसअघि नेपालले १७ अक्टोबरमा भएको पहिलो टी–२० खेलमा १७ रनको जितनिकालेको थियो । दोस्रो टी–२० मा पहिले ब्याटिङ गरेको नेपालले अमेरिकालाई जितकालागि १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमाअमेरिकाले पनि १ सय७० रननै बनाएपछि खेल सुपर ओभरम पुगेको थियो । डालस स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय७० रन बनाएको थियो । नेपालकालागिअनिल साहले २५ रन बनाउँदा तेस्रो नम्बरमा ब्याटिङका लागिबएकाभुर्तेल ४ बलमा७ चौका र ६ छक्का प्रहार गर्दै ९२ रनमाअविजित रहे । त्यस्ते गुल्सनझाले १९ रन बनाउँदाकप्तान रोहितपौडेलले १८ रन बनाएकाथिए ।  अमेरिकाकालागि नोस्थुस केन्जीङ्ग र जस्दिप सिंहले समान २–२ विकेट लिए । १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७विकेट गुमाएर १ सय७० रननै बनायो । अमेरिकाकालागिआन्द्रेस गौसले ६२ रन बनाउँदा सैतेजा मुकमलाले ४७ रन बनाए । थपदोहोरो स्कोरका रुपमा मिलिन्डा कुमारले १५ तथा सायन जहांगिरले १४ रन बनाएकाथिए। नेपालकालागि करण केसीले ३ विकेट लिंदा सोमपालकामीले २ र सागर ढकाल तथादिपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए।
 

आइतबार​ ४ कात्तिक २०८१ १०:१६ AM मा प्रकाशित

प्रतिक्रिया