images

नेपाल र अमेरिकाको रोमाञ्चक खेल सुपर ओभरमा

काठमाडौं। नेपाल र अमेरिकाको टी–२० आई सिरिजअन्तर्गतको दोस्रो खेल सुपरओभरमा गएको छ । सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७० रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको अमेरिकाले पनि २० ओभरमा ८ विकेटको क्षतिमा १७० रननै जोडेको थियो । अमेरिकाकालागिआन्द्रेस गसले अर्धशतकप्रहार गरे। नेपालप्रिमियर लिग ९एनपिएल० टोलीपोखरा एभेन्जर्समा आबद्ध भइसकेका उनले अन्तिमओभरको दुई बल बाँकी छदा आउट हुनुअघि ६२ रन जोडे । त्यसअघि नेपालले दोस्रो ओभरमै अमेरिकाकाओपनर तथाकप्तान मोनाक पटेललाई १ रनमा आउट गरेको थियो । उनलाई करण केसीले दोस्रो ओभरको करण केसीले बोल्ड गरेका थिए। बलिङमानेपालका करण केसीले ३ विकेट र सोमपालकामीले २ विकेट लिए।
 

आइतबार​ ४ कात्तिक २०८१ १०:१७ AM मा प्रकाशित

प्रतिक्रिया