images

कांग्रेस उम्मेद्वार प्रदीप पौडेलले बढाए चुनावी सक्रियता

नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं ५ बाट उम्मेदवार बनेका प्रदीप पौडेलले शनिबार विहान टोखा नगरपालिका वडा नम्बर ४ मा घरदैलो कार्यक्रम गरेका छन् । पौडेलसहितको टोलीले वडा नं ४ का विभिन्न टोलमा घरदैलो गर्दै स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट र संवाद गरेका हुन् । टोलीले नागरिकका गुनासा, सुझाव र अपेक्षाबारे जानकारी लिएका थिए ।मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव समेत संकलन गरिरहेका छन् । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले देशभर प्रचार–प्रसारलाई तीव्र बनाएका छन् ।

शनिबार ९ फागुन २०८२ ०१:३८ PM मा प्रकाशित

प्रतिक्रिया