images

काठमाडौं ८ मा सुमन सायमीको चुनावी सक्रियता, जनविश्वास जित्ने दावी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी९नेकपा०का उम्मेदवार सुमन सायमी आफ्नो काठमाडौं क्षेत्र नम्बर ८ का मतदातासँग भेटघाट गरेका छन् ।काठमाडौं–८ का प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सायमीले जनभेट गर्दै उनले आफ्नो उम्मेदवारी जनताका मौलिक अधिकार कार्यान्वयनका लागि भएको बताएका छन् ।नेकपाका उम्मेदवार सायमीले जनभेटका क्रममा जनताले गाँस, बाँस, कपासजस्ता आधारभूत आवश्यकतादेखि शिक्षा, स्वास्थ्य र रोजगारीसम्मका अधिकार खोजिरहेको बताए । ती सबै संविधानले प्रदान गरेका मौलिक हक भए पनि कार्यान्वयनमा समस्या रहेको भन्दै आफू त्यसैका लागि चुनावी मैदानमा आएको उनले स्पष्ट पारे।‘जनताले खोजेको गाँस, बाँस, कपास र शिक्षा, स्वास्थ्य र रोजगारीको मात्र कुरा छ । त्यो संविधानले प्रदान गरेको गरेको मौलिक हकहरू चाहिएको हो । त्यो इम्प्लिमेन्ट गराउनलाई पनि उम्मेदवारी दिएको हो,’ उनले भने ।सायमीले आफू पहिले स्वतन्त्र उम्मेदवारका रूपमा दुई पटक चुनाव लडेको स्मरण गर्दै संगठनबिना राजनीतिक शक्ति निर्माण नहुने अनुभवबाटै पार्टीसँग समायोजन भएको बताए । उत्पीडित समुदायको आवाज सत्ता तहसम्म पु¥याउन संगठित राजनीतिक शक्ति आवश्यक रहेको उनको भनाइ थियो ।उनले भने, ‘म स्वतन्त्र बसेको भए हुन्थ्यो, मान्छे व्यक्ति राम्रो हो भन्ने सुनिन्छ । तर स्वतन्त्रबाट दुईचोटी उठें, एकचोटी लौरो अभियान, एउटा आँखी झ्यालीबाट उठें । जनताले धेरै माया गर्नुभयो र संगठन बिना शक्ति निर्माण हुँदैन रहेछ ।’उनका अनुसार विभिन्न दलसँग विचार र मुद्दाको तुलना गर्दा सामुदायिक समाजवाद, सामाजिक न्याय र उत्पीडित वर्गको पक्षमा समान दृष्टिकोण भेटिएकाले आफू नेपाली कम्युनिस्ट पार्टीसँग सहकार्यमा पुगेका हुन् ।सायमीले अहिलेको राजनीति विचार, सिद्धान्त र योजनाविहीन जनवाद र प्रचारमुखी प्रवृत्तितर्फ गएको टिप्पणी गर्दै त्यसले देशलाई संकटतर्फ धकेल्ने खतरा रहेको बताए ।

शनिबार ९ फागुन २०८२ ०१:४८ PM मा प्रकाशित

प्रतिक्रिया