images

भारत–पाकिस्तान युद्धविराममा ट्यारिफको धम्की प्रयोग गरेको ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा भारत–पाकिस्तानबीच भएको ‘युद्धविराम’ आफ्नो पहलमा सम्भव भएको दाबी पुनः दोहो¥याएका छन् । उनले २०० प्रतिशतसम्मको आयात शुल्क ९ट्यारिफ० लगाउने चेतावनी दिएर दुवै देशलाई वार्तामा ल्याएको बताएका हुन् ।अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनले ‘रिसिप्रोकल ट्यारिफ’ लागू गर्दा कानुनी अधिकार नाघेको ठहर गरेको सन्दर्भमा उनले उक्त दाबी दोहो¥याएका हुन् । ट्रम्पले भने, “मैले ८ वटा युद्ध समाधान गरेको छु, जसमा भारत–पाकिस्तानजस्ता ठूला र सम्भावित आणविक द्वन्द्व पनि पर्छन् । यदि उनीहरू लड्न चाहन्थे भने अमेरिकासँग व्यापार गर्न नपाउने र २०० प्रतिशत ट्यारिफ तिर्नुपर्ने भनें । त्यसपछि उनीहरूले फोन गरेर शान्ति भएको बताए ।”उता, पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले ‘पिस बोर्ड’ को उद्घाटन बैठकमा ट्रम्पको प्रशंसा गर्दै उनलाई “शान्तिका व्यक्ति” र “दक्षिण एसियाली जनताको उद्धारकर्ता” बताएका छन् । उनले ट्रम्पको समयोचित हस्तक्षेपले लाखौं मानिसको सम्भावित ज्यान जोगिएको दाबी गरेका छन् । यो घटनाक्रम अप्रिल २०२४ मा भएको पहलगाम आतंकवादी आक्रमणपछि उत्पन्न तनावसँग सम्बन्धित छ ।उक्त आक्रमणमा २६ जनाको मृत्यु भएको थियो । त्यसको जवाफमा भारतले ‘अपरेसन सिन्दुर’ अन्तर्गत पाकिस्तानस्थित आतङ्कवादी पूर्वाधारमाथि लक्षित आक्रमण गरेको थियो । तर भारतले ट्रम्पको मध्यस्थताको दाबी अस्वीकार गर्दै आएको छ । भारतले जम्मु–कश्मीरलगायतका सबै मुद्दा दुई देशबीचकै द्विपक्षीय वार्ताबाट समाधान हुनुपर्ने आफ्नो दीर्घकालीन अडान पनि पुनः स्पष्ट पारेको छ । एएनआई

शनिबार ९ फागुन २०८२ ०१:२९ PM मा प्रकाशित

प्रतिक्रिया