प्रधानमन्त्री ‘प्रचण्ड’ले दिए नेपाली क्रिकेट टिमलाई बधाइ !

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टिमलाई बधाइ दिएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिज अन्तर्गत नेपालमा भएका चार वटै खेलमा विजयी भएको क्रिकेट टिमलाई मंगलबार साँझ प्रधानमन्त्री प्रचण्डले बधाइ दिएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्जक जित हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेको भन्दै बधाई दिका हुन् । प्रधानमन्त्री सम्पूर्ण खेलाडीको निरन्तर प्रगतिको शुभकामना दिएका छन् । 

प्रधानमन्त्री प्रचण्डले क्रिकेट टिमलाई बधाई दिँदै फेसबुकमा लेखेका छन्, ‘‘आईसीसी क्रिकेट विश्वकप लिग-२ च्याम्पियन स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूर्ण खेलाडीको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।’’