काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता तथा काठमाडौं क्षेत्र नम्बर ८ का प्रतिनिधिसभा उम्मेदवार विराजभक्त श्रेष्ठले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । शनिबार उनले काठमाडौंका १९ वटा वडामा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन् ।घरदैलो कार्यक्रमका क्रममा श्रेष्ठले नागरिकमा देखिएको आशा र सद्भावले आफूलाई उत्साहित बनाएको बताए । ‘घरदैलोमा हिडिरहँदा नागरिकमा एक प्रकारको आशा र सद्भाव देखिएको छ । देशमा सुसंस्कृत राजनीति स्थापित हुनैपर्छ । कुशासनका कारण जनतामा निराशा र आक्रोश बढेको छ, यसलाई हामीले सम्बोधन गर्नुपर्छ,’ उनले भने ।राष्ट्रिय मुद्दा र उद्देश्यबारे सार्थक बहस आवश्यक रहेको उल्लेख गर्दै उनले सुशासन स्थापना गर्न सबैको सहकार्य अपरिहार्य रहेको धारणा राखे ।मतदातासँगको संवादमा उनले आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव संकलन गरिरहेका छन् ।प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले देशभर प्रचार–प्रसारलाई तीव्र बनाइरहेका छन् । रास्वपासहित विभिन्न दलका उम्मेदवारहरूले यही महिनाको ४ गतेदेखि घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।
प्रतिक्रिया