थप १०६ जना कोरोना संक्रमित थपिए : एक जनाको मृत्‍यु, सक्रिय कति पुग्यो ?


काठमाडौँ - आज एक हजार ८८३ जनाको कोरोना परीक्षण गर्दा १०६ जना कोरोना सङ्क्रमित थपिएका छन् । सोही समयमा ४६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको हो।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४१४ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै २५ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।

 सात जना आइसियु र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।