एफआईपीभीको नियमित खोप तालिका परिवर्तन

काठमाडौँ - पोलियोविरुद्धको खोप एफआईपीभीको नियमित खोप तालिका परिवर्तन गरिएको छ । पोलियोविरुद्धको खोप एफआईपीभी लगाउने तालिका परिवर्तन गरेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक वर्ष उमेर भित्रका बालबालिकाका लागि ६ र १४ हप्तामा दुई मात्रा खोप लगाउने गरिएकोमा अब १४ हप्ता र ९ महिनामा गरी दुई मात्रा लगाइनेछ । 

एक वर्षको उमेरभित्र सो खोप नियमित तालिकामा लगाउन छुटेमा पाँच वर्ष उमेरभित्र सम्पूर्ण बालबालिकाका लागि आठ हप्ताको फरकमा दुई मात्रा खोप लगाइन्थ्यो । अब भने १६ हप्ता (चार महिना) को फरकमा दुई मात्रा खोप लगाइने मन्त्रालयले जनाएको छ । 

परिवर्तित नियमित खोप तालिकाअनुसार बालबालिकालाई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।