काठमाडौँ - प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले धर्नामा बसेका नागरिकलाई प्रहारीले दमन गरेको आरोप लगाएका छन ।
उनले नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघरमा धर्नामा बसेका नागरिकमाथि प्रहरीले गरेको दमनको निन्दा गरेका छन। नागरिकलाई प्रहरी लगाएर दमन गर्ने काम तत्काल बन्द गर्न उनले माग गरका छन ।
उनले नागरिकतासम्बन्धी विचाराधीन मुद्दालाई किनारा लगाउन ढिलाइ नगर्न सर्वोच्च अदालतको ‘ध्यानाकर्षण’ गराए ।