काठमाडौं । लोकतान्त्रिक विचारका अग्रणी नेता वीपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा भोलि विहान ८ बजे वीपी।स्मृति अस्पताल, वसुन्धरामा विभिन्न कार्यक्रमहरू आयोजना गरिने भएका छन् । नेपाली कांग्रेसका शीर्ष नेताहरूको विशेष सहभागितामा हुने कार्यक्रमहरूको मूल उद्देश्य बीपीको विचार र योगदानको स्मरण गर्नु रहेको अस्पतालका अध्यक्ष उमेश जंग रायमाझीले जानकारी दिए ।दिवसको मुख्य आकर्षणस्वरूप ‘देश विकास र देशवासीको उन्नतिको आधारः बीपीको विचार’ विषयक विचार गोष्ठी आयोजना गरिने छ ।उक्त गोष्ठीमा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सहभागिता रहने अध्यक्ष रायमाझीले जानकारी दिए ।यसै अवसरमा, पूर्वअध्यक्ष डा।शेखर कोइरालाले वीपी।स्मृति अस्पतालमा फलफूल वितरण कार्यक्रमको उदघाटन गर्नेछन् ।अस्पतालकै आयोजनामा रक्तदान कार्यक्रम पनि तय गरिएको छ, जसको शुभारम्भ महामन्त्री विश्वप्रकाश शर्माले स्वयं रक्तदान गरेर गर्नेछन् । इच्छुक रक्तदाता महानुभावहरूलाई सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ ।
प्रतिक्रिया