images

पातारासी गाउँपालिकामा करार शिक्षकले लगाए ताल्चा

मुगु । जुम्लाको पातारासी गाउँपालिकामा करार शिक्षकले तालबन्दी गरेका छन् । पालिकामा रहेका करार शिक्षकहरुको जागिर सुनिश्चत गर्न माग गर्दै उनले पालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।गाउँपालिकाले गत असार ३२ गते कर्णाली प्रदेश स्थानीय सेवा ९गठन तथा सञ्चालन० ऐन २०८१ को दफा १४ ९१० बमोजिम कुर्नैपनि व्यक्तिलाई ज्यालादारी वा करार नियूक्ति गर्न नपाईने र स्थानीय सेवा– गठन तथा संचालन नियमावली २०८१ को नियम ११ ९१० अनुसार पद नभई करार कर्मचारी नियूक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारी वाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना अनुसार हाजिर हुन नपाएका शिक्षक आन्दोलित भएका हुन् । उनीहरुले गाउँपालिकाले जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै तालाबन्दी गरेका हुन् ।गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले शिक्षकहरुको मुद्दाका विषयमा छलफल भइरहेको बताइन् । गाउँपालिका तालाबन्दी भएपछि पालिकामा प्रहरी पुगेर अनुसन्धान अघि बढाएको छ ।
 

सोमबार ६ साउन २०८२ ०३:१६ PM मा प्रकाशित

प्रतिक्रिया