images

महिला विश्वकपको उपाधिन्युजिल्यान्डलाई

काठमाडौं । न्युजिल्यान्डले पहिलो पटक टी–२० महिला विश्वकपको उपाधि उचालेको छ। आइतबार राति यूएईमा भएको फाइनल भिडन्तमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै गर्दै न्युजिल्यान्डले ऐतिहासिक उपाधि हात पारेको हो । यूएईमा भएको फाइनल प्रतिस्पर्धामा दक्षिण अफ्रिकाले टस जितेर सुरुमा न्युजिल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो । सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले ५ विकेटको क्षतिमा दिएको १५८ रन बनाएको थियो । १५९ रनको लक्ष्य भेट्न नसक्दा दक्षिण अफ्रिका उपविजेतामा सीमित बनेको हो । जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका पूरै २० ओभर खेल्दा ९ विकेटको क्षतिमा १२६ रनमा समेटिएको हो । 
 

सोमबार ५ कात्तिक २०८१ ०८:३३ AM मा प्रकाशित

प्रतिक्रिया