images

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा वागमती प्रदेश सदस्य समेत रहनु भएका माननीय सुरजचन्द्र लामिछानेको भनाइ

१) उपसभापति ज्युको ४७ पाने नीति  प्रतिवेदनमा मोटामोटि रुपमा धेरै कुराहरु समेटिएको पाइयो । इतिहासका उपलब्धी देखि वर्तमानमा देखिएका समस्या र त्यस सम्बन्धीत नीतिहरु प्रतिवेदनमा आयो । तर, त्यस नीतिलाई व्यवहार लागु गर्ने ठोस खाकाको आवश्यकता  देखिएको छ । जनताले काग्रेसवाट खोजेको कागजी कुरा हैन समस्याहरुको समाधान र त्यसको कार्यान्वयन हो । यसैगरी 
२) महामन्त्री विश्वप्रकाशशर्माज्युले पेश गर्नु भएको समसमायिक राजनितिक प्रस्तावमा संघियता सबलिकरणका बारेमा उल्लेख छ। तर, त्यसका उपायहरुको बारेमा केही ठोस कार्यदेश आवश्यक छ । गठ्बन्धनको निरन्तरता बारेमा बोल्दै गर्दा हाल प्रदेश स्तरमा विशेषतः बागमती प्रदेशको कुरा गर्दा गठबन्धनमा सहभागी दलले योजना, कार्यक्रम र बजेटमा हाम्रा योजना समावेश गरेका छैनन् ।  सहभागी दलले आफ्नो पार्टी मात्र सबलीकरण गर्दै गर्दा कांग्रेस कसरी अर्को निर्वाचनमा एक्लै लड्न  सक्छ ।

हामीले सोच्नु पर्ने कि नपर्ने ? 
वर्तमान राजनितीको पेचिलो विषय निर्वाचन प्रणाली तथा  खर्चिलो  निर्वाचन बारेमा बहस छेड्न आवश्यक छ ।                                             यो बारे प्रतिवेदनमा कतै चर्चा छैन ।   टिकट प्राप्त गर्ने चरण देखि निर्वाचन लड्दा र निर्वाचित भैसकेपछि समेत नेता कार्यकर्ताको अपेक्षा विषेशगरी अर्थसगॅ जोडिर आउॅने विषयले नेतालाई भष्ट्राचार गर्ने वाध्य वनाईरहेको वर्तमान अवस्थाको अन्त्य लगायत गठबन्धनको पक्षमा वकालत गर्दै गर्दा १० वर्षे कथित जनयुद्धका कारण अंग भग भएका, टुहुरा भएका, विधुवा-विदुर भएका पार्टीका पिडित साथिहरुको भावनामा चोट पुगेको कुरो हामीले विर्सन हुदैन ती तमाम कार्यकर्ताको विश्वासमा आघात पुग्यो। यहि कारणले ७ प्रतिशतले काग्रेसको मत घटेको हो भन्ने मेरो ठम्याई हो ! 
महामन्त्रीज्यूको प्रतिवेदनमा प्रस्तुत प्रस्तावको ७ नं. बुदाको ९ नं. मा समुन्न्त नेपालका लागी गास्नु पर्ने विषयमा  (दुई नेपाल ) शब्द प्रयोग भएको रहेछ त्यो मलाई उचित लागेन। नेपाल एउटै छ र रहन्छ ! भित्रको मर्म सहि भए पनि यो अलिक व्यवहारिक भएन र विवादस्पद शव्द हटाउन माग गर्दछु ।
३) महामन्त्रि गगन कुमार थापाज्यूले प्रस्तुत गर्नु भएको २० बुदे प्रस्ताव अत्यन्त मननयोग्य, स्वागतयोग्य छ  उँहाले प्रस्तुत गर्नु भएको २० बुंदाको कार्यान्वयनका लागि विधान बाधक भएको छ । त्यसर्थ, यो महासमिती बैठकले विधान केन्दृत महासमितीको मिति तय गरौ र संगाठ्निक सुदृढीकरणका लागि बहसका २० बुदामा घनिभुत छल्फल गरौ भन्न चाहन्छु । 
अन्त्यमा, भष्ट्राचारमा शुन्य सहनशिलता र सुशासन लगायत जनताका आशा, भरोसा र समस्या निवारणका लागि संकल्प प्रस्ताव या श्वेत प्रस्ताव जारी गरौ । धन्यवाद ! जय नेपाल

बिहीबार ९ फागुन २०८० ०१:३५ PM मा प्रकाशित

प्रतिक्रिया