रामकृष्ण ढकालको नयाँ गीत बजारमा : ‘कलकलाउँदो जोवन’ कस्तो छ ? (भिडियोसहित)

काठमाण्डौँ - गायक रामकृष्ण ढकालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । गायक ढकालको स्वरमा पछिल्लोपटक ‘कलकलाउँदो जोवन तिम्रो’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीत लोकबहादुर सुनारले लेखेका हुन् । दीपक शर्माको संगीत रहेको गीतमा नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् । 
गीतको म्युजिक भिडिओ पनि रिलिज गरिएको छ । भिडिओमा समेत गायक ढकाल नै देखिएका छन् । म्युजिक भिडिओमा ढकाललाई सीमा पन्थीले अभिनयमा साथ दिएकी छन् ।

 

link:https://youtu.be/a62p5OyYuE4