images

दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनल नजिक

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको सुपर ८ मा डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड पराजित भएको छ । शुक्रबार राति भएको निकै प्रतिस्पर्धात्मक खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई ७ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले क्विन्टन डी ककको ६५ रनको इनिङ्सको मद्दतले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो ।
जवाफमा इंग्ल्यान्डको टोलीले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन मात्रै बनाउन सकेको थियो ।
कुनै समय इंग्ल्याण्डले १८ बलमा २५ रन बनाउनु परेको थियो भने ब्रुक र लिभिङ्स्टन  बिचमा ४१ बलमा ७८ रनको साझेदारी भएको थियो ।यस्तो अवस्थामा १८ औं ओभरको दोस्रो बलमा कागिसो रबाडाले लिभिङ्स्टनलाई पभेलियन पठाएर साझेदारी तोडेका थिए । उनले यो ओभरमा ४ रन मात्र दिए ।
अर्को ओभरमा आएका मार्को जान्सनले मात्र ७ रन बनाए । अन्तिम ६ बलमा १४ रन बनाउनु परेको थियो । तैपनि, इङ्गल्याण्डको आशा जीवित थियो, किनभने ह्यारी ब्रुक क्रीजमा थिए र आफ्नो अर्धशतक पूरा गरेका थिए । उनलाई अन्तिम ओभरको पहिलो बलमा एनरिक नोट्जेले आउट गरेपछि इंग्ल्याण्ड धरापमा परेको थियो ।
उनले अन्तिम ओभरमा ६ रनमात्रै दिएपछि अन्ततः दक्षिण अफ्रिका ७ रनले विजयी भयो ।  
दक्षिण अफ्रिकी टोलीले जारी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको छ । अफ्रिकाले समूह डीका आफ्ना चारवटै खेल जितेको छ  भने अब सुपर ८ मा पनि आफ्ना दुवै सुरुवाती खेल जितेका छ । यसअघि दक्षिण अफ्रिकाले अमेरिकालाई हराएको थियो । यो जितसँगै दक्षिण अफ्रिकाले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
दक्षिण अफ्रिका दुई खेलबाट दुईवटैमा जित निकालेको छ । यो टोली चार अंकसहित समूह दुईको शीर्ष स्थानमा छ । यो पराजयका बाबजुद इंग्ल्याण्डको टोली दुई खेलबाट एक जित र एक हारका साथ दुई अंकसहित दोस्रो स्थानमा छ ।
१६३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डको सुरुवात राम्रो हुन सकेन र ६१ रनमा चार विकेट गुमाएको थियो । कागिसो रबाडाले फिल साल्टलाई आउट गर्दै इंग्ल्याण्डलाई पहिलो झटका दिएका थिए । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका साल्टले यो खेलमा खास केही गर्न सकेनन् र ११ रन बनाएर आउट भए । यसपछि केशव महाराजले १६ रनको स्कोरमा जोनी बेयरस्टोलाई पभेलियन पठाए । इंग्ल्यान्डको टोली यी झट्काहरूबाट बाहिर आउनुअघि नै 
 

शनिबार ९ असार २०८१ १२:०० PM मा प्रकाशित

प्रतिक्रिया