काठमाण्डौँ - महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा आकाश गडगडाउँदै पानी पर्न सक्छ । यस क्रममा चट्याङ पनि पर्न सक्ने भएकाले होसियारी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज राति सबै प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।