आइतबार मौद्रिक नीति सार्वजनिक हुने !

काठमाडौँ - सरकारका आर्थिक क्रियाकलापको ऐना मानिने मौद्रिक नीति सम्भवतः भोलि ७ साउन आइतबार सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्र बैंक पुगेको छ। राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति आइतबार सार्वजनिक गर्ने तयारी गरेको हो ।

गभर्नर महाप्रसाद अधिकारी सम्पत्ति शुद्धीकरणसम्बन्धी फाइनान्सियल एक्सन टाक्स फोर्स ९एफएटीएफ० को कार्यक्रममा सहभागी हुन क्यानडा गएपछि मौद्रिक नीति सार्वजनिक गर्न ढिलाइ भएको हो। अधिकारी क्यानडाको भ्यानकुमरमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ९एपीजी० को वार्षिक प्लेनरी बैठक सहभागी भई ३ साउनमा नेपाल फर्किइसकेका छन् ।

आइतबार बिहान मौद्रिक नीति पारित गराउन राष्ट्र बैंक सञ्चालक समिति बोर्ड बैठक बोलाइएको स्रोतको भनाइ छ । राष्ट्र बैंक सञ्चालक समितिबाट पास गराएर दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ ।