images

अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० देखि

काठमाडौं । अनेरास्ववियु ९क्रान्तिकारी०को २३ औं राष्ट्रिय सम्मलेन असोज १० गते देखि १४ गतेसम्म हुने भएको छ।यसअघि सम्मेलन असोज २ देखि ५ गते सम्मको लागि तोकिएको थियो । तर तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको जनाइएको छ ।सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।सम्मेलनको उद्घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने जनाइएको छ । सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले गर्ने तय भएको छ ।
 

आइतबार​ ६ असोज २०८१ ११:३६ AM मा प्रकाशित

प्रतिक्रिया