images

कोशी प्रदेश औषधी व्यसायी संघमा नवनिर्वाचित धनराज काफ्लेको टिमद्वारा पदभार ग्रहण 

बिराटनगर । नेपाल औषधी व्यवसायी संघ, कोशी प्रदेशको माघ २६ र २७ गते भएको निर्वाचनबाट निर्वाचित र निर्विरोध निर्वाचित भएका पदाधिकारी र कार्यकारिणी सदस्यहरुले अधिकारीक रुपमा पदभार ग्रहण गरेका छन् । निर्वाचनमा प्रदेश अध्यक्षमा  धनराज काफ्ले बिजयी भएका थिए । बिगत ३ दशक देखि औषधि व्यवसायमा अनुभव हासिल गरेका संघका नव निर्वाचित धनराज काफ्लेले थोक तथा खुद्रा व्यवसाय गर्दै आएका छन् । व्यवसायिका दैनिक अप्ठेरा  बारे  जानकार काफ्ले यसअघि संघको उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् ।  व्यवसायीलाई पर्दा खुलेर आवाज उठाउने र साथ दिने , मिजासिला स्वभावको व्यक्तित्व नै उनको विजयको आधार बनेको व्यसायीहरु बताउने गर्छन् ।   नेपाल औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खन्डेवालको प्रमुख अतिथिमा पदस्थापन भएको थियो । नवनिर्वाचित कार्यसमितिहरुलाई पद तथा सपथ प्रमुख निर्वाचन अधिकृत गणेशराज लुईटेलले गराएका थिए । काफ्ले अलावा संगको  प्रदेशमा वरिष्ठ उपाध्यक्षमा सुर्य प्रसाद कोइराला ९श्याम०, उपाध्यक्ष ९थोक ÷आयात० तिर सुधीन ध्वज श्रेष्ठ , उपाध्यक्ष ९खुद्रा० दिलिप सुबेदी,  महासचिवः लक्ष्मण माझी चौधरी , कोषाध्यक्षः प्रभात कुमार श्रेष्ठ,  सचिवः झरना न्यौपाने,  उपकोषाध्यक्षः सेवक दाहाल, सदस्य ९थोक÷आयात०ः शरद गौतम,  सदस्य ९थोक÷आयात०ः खेम लाल काफ्ले , सदस्यहरु खुद्रा तर्फ स्याम कुमार खड्का ,  बेद बहादुर थापा ९गणेश० , सदस्य ९महिला०ः तिल माया काफ्ले,  सदस्यहरु  ९खुल्ला० सुभाष पौडेल,  महेन्द्र थापा , सुरेन्द्र प्रधान, प्रकाश धिमाल निर्वाचित भएका थिए ।  पदभार ग्रहण गर्दै  अध्यक्ष काफÞ्लेले  व्यासायीका समस्या समाधान गर्नसबैलाई मिलाएर संघलाई एक ढिक्का बनाएर लैजान कुनै कसर बाँकी नराख्ने बताए ।
 

आइतबार​ ११ फागुन २०८१ ११:३० AM मा प्रकाशित

प्रतिक्रिया