काठमाडौँ - सोलुखुम्बुका कामीरिता शेर्पाले मंगलबार बिहान २८ औं पटक सगरमाथा आरोहण गरेसँगै उनले विश्वकै अग्लो हिमाल सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान कायम गरेका छन् ।
उनी आवद्ध सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पाका अनुसार, कामीरिता मंगलबार बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका थिए ।
वसन्तकालीन सिजनमा उनी सगरमाथा चुचुरोमा दोस्रोपटक पुगेका हुन । बुधबार उनी २७ औं पटक सगरमाथा चुचुरोमा पुगेका थिए । तर, उनकै २७ औं रकर्ड बराबरीमा सोमबार सोलुखुम्बुको पाङबोचेका पासाङ दावा शेर्पाको पनि रेकर्ड कायम भएपछि सगरमाथामा सर्वाधिक आरोहण गर्नेको संख्या दुई पुगेको थियो ।