काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि दुई दिनको म्याद थपेको हो ।
यस प्रकरणसम्बन्धी मुद्दा भोलि अदालतमा दर्ता गरिने सरकारी वकिल कार्यालयले जनाएको छ। स्रोतका अनुसार मुद्दा दर्ता भएपछि भोलिबाटै थुनछेक बहस सुरु हुनेछ ।