‘नीरफूल’को रिलिकल भिडियो सार्वजनिक (भिडिओ)

काठमाडौँ - आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को सोमबार लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।

हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको सुन्दरतासँगै प्राकृतिक विपत्तिपछि एउटा परिवारमा आएको हलचललाई प्रस्तुत गरिएको छ ।

२०७२ को महाभुकम्प र ‘फ्यामिली मिसिङ’ को कथाबस्तु समेटिएको फिल्मको यो गीतमा राजेश पायल राईको स्वर सुन्न सकिन्छ भने चन्द्रकुमार दोङले संगीत दिएका छन् । सेलो संगीत आधारित गीतको लिरिकल भिडियोमा दयाहाङ राई आफ्नो परिवारसित हाँसीखुसी रमिरहेको देखिन्छ । साथै फ्यामिलि मिसिङको दुस्खलाई पनि भिडियोमा समेटिएको छ ।

दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनित फिल्मको निर्देशन फूलमान वलले गरेका हुन् । पटकथा लेखक समेत रहेका निर्देशक वलले यो फिल्मलाई भुकम्पले भत्काएको सम्बन्धहरुलाई जोड्न गरिएको प्रयत्नको रुपमा दाबी गरेका छन् । ‘कन्टेन्ट प्रधान’ फिल्म भएकोले ‘नीरफूल’लाई दर्शकले रुचाउने उनको दाबी छ ।

https://youtu.be/D2m5r9IlLOg