काठमाडौँ - जनता समाजवादी पार्टीले सरकारले ल्याएको बजेट यथास्थितिमा पास गर्न नदिने निर्णय गरेको छ । संसदीय दलको बैठकले बजेट पास गर्न नदिने निर्णय गरेको हो ।
जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले बजेट समावेशी नभएको भन्दै संसदीय दलको बैठकले पास गर्न दिने निर्णय गरेको बताए । उनले अहिलेको बजेट नेतामुखी भएको बताए ।
उनले अर्थतन्त्रमा मन्दी छाएको सरकारले बताइरहे पनि अर्थतन्त्र सुधारका लागि बजेटमा गुरुयोजना नदेखिएको उनको भनाइ छ । यसअघि नेकपा एकीकृत समाजवादी पार्टीले पनि बजेट पारित गर्न नदिने निर्णय गरेको थियो ।