काठमाडौँ - बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार तत्कालीन नापीका कर्मचारी अरूणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनलाई प्रहरीले जोरपाटीस्थित घरबाटै पक्राउ गरेको हो।
श्रेष्ठ पक्राउ परेसँगै यो प्रकरणमा हालसम्म १९ जना पक्राउ परेका छन् ।